arrow

कहाँ पुग्यो बजेटको सूचना चुहावटको छानविन ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ असार १२ आइतबार
Bazet-and-Bishnu-poudel.jpg.jpeg
काठमाडौं। गत जेठ १५ गते सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३-७४ को वार्षिक आय तथा व्यवको विवरण संसद्मा प्रस्तुत गरेको बजेट अगाडि नै सार्वजनिक भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् अवरूद्ध गर्‍यो। दुई दिनसम्म निरन्तर संसद् अवरूद्ध गरेपछि संसद्ले नौ सदस्य रहने गरी बजेटको सूचना छानविनको लागि समिति गटन गर्‍यो। 
 
नेपाली काँग्रेसका सांसद् रमेश लेखकको नेतृत्वमा रहनेगरी नौ सदस्य रहने भनेर सभापति मात्रै तोकेको यो समिति अहिलेमा सोही दिन गठन सभापति चयन भएका लेखक बाहेक एकजना सदस्य पनि चयन भएको छैन । यसरी समितिले नै पूर्णता नपाएको भएपनि यो विषय भने अहिले साम्य भएको छ र बजेटको सूचना चुहावटको विषयमा कुनैपनि छलफल समेत हुने गरेको छैन। 
 
जेठ १५ गते अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने सरकारको तयारी रहेकोभएपनि एक दैनिक पत्रिकाले सोही दिन बजेटको अंक सहित कुन शीर्षकमा कति बजेट विनियोजन हुँदैछ भन्ने विषयसमेत सबै उल्लेख गरेर समाचार प्रकाशित गरेको थियो। सो समाचार सबै बजेटमा समावेश भएको पाएपछि नेपाली काँग्रेसले संसद अबरूद्ध गरेपछि संसद्ले समिति गठन गरेको हो। 
 
संसद्ले गठनगरेको समितिका सभापति रमेश लेखकले राजनीतिक सहमतिमा समिति गठन गर्ने सहमति भएको भएपनि अहिलेसम्म एकजना समिति पनि थप नभएको स्पष्ट पारे । उनले आफूलाई समिति सभापति तोकेपछि अन्य सदस्य नियुक्त नगरी काम सुरू नहुने स्पष्ट पारे। 
 
नेपाली काँग्रेसकी सचेतक इश्वरी न्यौपानेले समिति गठन गर्ने माग हामीले गरेको भएपनि यसलाई पूर्णता दिनको लागि सभामुखले तदारूकता देखाउनु पर्नेमा त्यसो नभएको जानकारी दिईन् । ‘हामीले तोकेको संयोजकले काम सुरूगरेपछि पनि तोकिएको मितिमा प्रतिवेदन बुझाएन भने अर्कै कुरा हुन्छ।’ न्यौपानेले भनिन् ‘तर अहिले समितिको पूर्णता दिनमा नै सभामुखले तदारूकता नदेखाउनु दुखद् कुरा हो।’ अहिले संसद् बैठकको विषयमा नै झमेला आईरहेकोले यो सकिएपछि यो विषयले पनि प्रधानता पाउने पनि उनले बताईन्।
 
उता, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने नेपाली काँग्रेसले संसद् अवरूद्ध गरेको विषयमा काँग्रेसले नै पहल गर्नुपर्ने भएपनि उसले पनि चासो नदिएकोले समितिले पूर्णता पाउन ढिलाई भएको हुनसक्ने जानकारी दिए। ‘समय छ भनेर त्यति पहन नगर्नुभएको होला’ ढकालले भने ‘समितिले पूर्णता पाएपछि काम सुरू हुनेहो तर, अहिले पूर्णता नै पाउन सकेको छैन। 
 
बजेट चुहावटको विषय आफैंमा संवेदनशील विषय हो । यसमा छानविनको माग गर्नु आफैंमा जायज रहेपनि नेपाली काँग्रेसले छानविन समिति गठन गर्न माग गर्दै संसद् अवरूद्ध समेत गरेर समिति गठन भएपछि भने चासो नदिँदा कतै सो समयमा नेपाली काँग्रेसले अनावश्यक माग राखेको त थिएन भन्ने भ्रम आम मानिसमा पर्ने भएकोले यस विषयमा चासो दिएर अघि बढ्नुपर्ने काँग्रेस नेताहरूले नै बताउँदै आउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ