arrow

आगलागीबाट पाँच घर जले

logo
रासस,
प्रकाशित २०७७ चैत २८ शनिबार
fire-final_1618024271.jpeg

जाजरकोट। नलगाड नगरपालिका–८ मङ्सिरमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए। उनका अनुसार अम्मरबहादुर सिंह, खड्का सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन्। घरभित्र रहेका लत्ताकपडा र पशु चौपाया समेत जलेका छन्।

गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ। नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्यधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो। 

आगलागी हुँदा घर र गोठ नष्ट
दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा शुक्रवार आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर पूर्ण रूपमा क्षति पुगेको छ। डाँडाकाहुँको भीरमा रहेको जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय शेरप्रसाद गौतम,  रेसमलाल गौतम, नमप्रसाद सापकोटा, रेसमलाल सापकोटा, जयकला सापकोटाको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ  त्यसै गरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रूपमा क्षति पुगेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए। घरबार विहीन भएका अहिले आफन्तकोमा आश्रम लिएर बसेका छन्।

आगालागिबाट पूर्ण क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए। त्यसै गरी अन्य सामान्य क्षति पुगेकालाई टेन्ट र त्रिपाल वितरण गरिएको उनले बताए। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि केही पशु चौपाया मरेका छन्। आगो नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुस्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो। आगो राति अबेर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ