arrow

रोममा आदर्शले भेटे पेन्टाथलनको कास्य

logo
प्रकाशित २०७३ असार १२ आइतबार
Aadarsha-Karki--rom.jpg.jpeg
काठमाडौं । मित्र राष्ट्र इटालीको रोम शहरमा आयोजित चौथौ युलाईस ट्रफी मोर्डन पेन्टाथलनमा आदर्श कार्कीले कास्य पदक प्राप्त गरेका छन् । शनिबार भएको प्रतियोगितामा जुनियरतर्फको ई क्याटागोरीमा हिम्स स्कुलमा कक्षा ५ मा अध्ययनरत आदर्शले कास्य पदक प्राप्त गरे । 
 
नेपाल सहित नौ युरोपियन देशहरुका करिव ३०० खेलाडी सहभागि रहेको मोर्डन पेन्टाथलनमा नेपाली खेलाडीहरुले हासिल गरेको यो नै पहिलो पदक रहेको संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ ‘राजु’ले जानकारी गराए । मोर्डन पेन्टाथलनको स्थापना पश्चात अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाएको पहिलो पटक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ