arrow

करोड ठगि गर्ने पुण्यप्रसाद पुण्य कमाउने आश्रमबाटै पक्राउ

logo
प्रकाशित २०७३ असार १२ आइतबार
Hatkadi-2.jpg.jpeg
काठमाडौं । भूकम्प पीडितलाई अमेरिका, क्यानाडा र जापान पठाइदिन्छु भन्दै १ करोड बढी ठगि गर्ने एक वृद्ध योग आश्रमबाट पक्राउ परेका छन् ।  सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद दंगाल काठमाडौंको थानकोटस्थित अरविन्द योग आश्रमबाट पक्राउ परेका हुन् । दंगाल वैदेशिक रोजगारी र हनुमान ढोकामा मुद्दा खेपिरहेका पक्राउ गर्न सहयोग गर्ने पीडितहरुले जनाएका छन् । 
 
पीडितहरुले दंगाल बस्ने ठाउँ पत्तालगाई प्रहरीलाई खबर गरेका थानकोट प्रहरी वृत्तले जनाएको छ । वृत्तका अनुसार दंगाल उमेरले पाको देखिएपनि चलाख छन् । उनले व्यक्तिहरुलाई सजिलै विश्वासमा लिने र लाख–लाख रुपैंया ठगि गर्दै हिंडेको र ठगिको रकम करोड नाघ्ने प्रहरीले जनाएको छ । उनको नाम पुण्य भएपनि अपराध गरेर उनी पुण्य कमाउने आश्रमतिर लुकेको देख्दा ठगिमा माहिर रहेको सहजै बुझ्न सकिने प्रहरी अधिकारीको भनाई छ । दंगाललाई वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ