arrow

म्यान्चेस्टर सिटी हार्दा चेल्सी र लिभरपुल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
EyoPWn8WYAAfRKk.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यान्चेस्टर सिटी हार्दा लिभरपुल र चेल्सी विजयी भएका छन् । 

शनिबार राति भएको खेलमा सिटी घरेलु मैदानमै लिड्स युनाइटेडसँग पराजित भयो । सिटी २–१ गोल अन्तरले पराजित भएको हो । १० जनामा समेटिएको लिड्सलाई पराजित गर्न सिटी असफल भएको हो । 

लिड्सका लागि स्टुआर्ट डालासले दुवै गोल गरेका थिए । फेरान टोरेसले सिटीका लागि एक गोल फर्काएका थिए । 

खेलमा आधा समय लिड्स १० जना खेलाडीबाटै खेलेको थियो । ४५ औं मिनेटमा लियाम कुपर रातो कार्ड खाँदै बाहिरिएका थिए । 

लिभरपुल र एस्टन भिल्ला
 लिभरपुलले पुनरागमन खेलमा एस्टन भिल्लालाई २(१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको मैदानमा खेलको ४३ औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समयमा ट्रेण्ड एलेक्स्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई २–१ गोल अन्तरको जित दिलाए ।क्ष्mबनभ

चेल्सी क्रिस्टलको खेल
चेल्सीले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले हराएको छ । क्रिस्टलको मैदानमा भएको खेलमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिचले दुई गोल गरे । काइ हार्भर्ट्ज र कुर्ट जौमाले एक एक गोल थपे ।

क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए ।

अंक तालिका 
म्यान्चेस्टर सिटीको ३२ खेलबाट ७४ अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ३० खेलबाट ६० अंक छ । तेस्रो लेस्टर सिटीको ३० खेलबाट ५६ अंक छ । 

चौथो चेल्सीले ३१ खेलमा ५४ अंक जोडेको छ । पाँचौं लिभरपुलको ३१ खेलमा ५२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ