arrow

लुनामा झुमे मदनकृष्ण र नरोत्तम

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
luna-madankrishna.jpg

काठमाडौँ ।  लुना रेष्टुरेष्ट एन्ड बारले आफ्नो दोस्रो बर्षीक उत्सव मनाएको छ । शनिवार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बर्षिक उत्सवको उद्घाटन गरे । कार्यक्रममा बाग्मती  प्रदेश संसद नरोत्तम वैद्य , कलाकार यमन श्रेष्ठ, खेम तिवारी सहभागी थिए ।

ठमेलमा रहेको बारले विगत २ वर्षदेखि सङ्गीत प्रमिहरुलाई मनोरञ्जन र स्वादका पारखीलाई भोजन उपलब्ध गराउँदै आएको बारका सञ्चालक सुमन महर्जनले बताए ।

बर्ष गाठको अवसरमा बारले संगितिक कार्यक्रम आयोजना गरेको थियो । गायिका सुवानी मोक्तान, प्राश्ना शाक्यले आफ्नो गीतबाट दर्शकलाई झुमाएका थिए भने हास्य कलाकार हिमेश पन्तले आप्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र समाजसेवी प्रदेश सांसद नरोत्तम वैद्यले केक काटेर वार्षिक उत्सवको खुसी साटे ।  कलाकारहरुको गीतसँगै उनीहरु झुमिरहेका थिए ।

सञ्चालकमा सुमन महर्जन, विजय अधिकारी र देवी प्रसाद अमागाइ तीन जना रहेका छन् । लुनाका सञ्चालकहरू धर्मस्थलीका हुन् ।

सोही क्षेत्रमा हुर्का बढेका युवाहरूले गरेको प्रगति देखेर वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रशंसा गरे । उनले भने,' आफ्नै क्षेत्र धर्मस्थलीका युवाहरूले गरेको प्रगतिले मलाई एकदमै खुसी लागेको छ ।  हाम्रा छोराहरूलाई बधाई ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ