arrow

गगन थापाको व्यङ्ग्य : 'ओली नेतृत्वको सरकार ‘चमत्कारी सरकार’

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
gagan-thapa12-1618217440.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको पुनःस्थापनाको बारेमा सरकारले केही नसोचेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै थापाले केपी ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ भनेर व्यङ्ग्य गर्दै उनले चमत्कारी सरकारले जनताको पक्षमा केही नसोचेको र काम नगरेको आरोप लगाए ।

थापाले कोरोनाका प्रभावले देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताए । ‘जो नेपाल फर्केका छन्, उनीहरू फर्केर जान पाएका छैनन्, यिनीहरूको पुनर्स्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ,’ थापाले भने ।

दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र रहेको उनको भनाइ छ ।

फिलिपिन्सको, माल्दिभ्सको, श्रीलंकाको सरकारले गरेको जस्तो पहलकदमी लिएको भए सायद यिनीहरुले कोरिया जान पाइसकेका हुन्थे होला । भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका, घर बिदामा आएर फर्किएका र जान नपाएका यी कामदारहरुलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताको सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउन पनि उनले आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ