arrow

चीनमा बस दुर्घटना पैतिसको मृत्यु

logo
प्रकाशित २०७३ असार १२ आइतबार
chinaaccident.jpg.jpeg
बेइजिङ । चीनको मध्यभागमा स्थित हुनान प्रान्तको इझाङ इलाकामा राजमार्गमा तीव्र गतिमा गुडिरहेको बस आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ११ जना चिनियाँ नागरिक घाइते भएका यहाँको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले बताएको छ । 
 
तीव्र रुपमा गुडिरहेको गाडी सडक छेउको सिमेन्टबाट निर्मित पर्खालमा ठोक्किदा बसबाट निस्किएको इन्धनमा आगलागी भएको र अधिकांश मानिसले बसभित्रै जलेर ज्यान गुमाएका उक्त बसमा यात्रारत एक घाइतेले बताए । 
 
हुवाङ नाम बताउने उनले आफू बसमा राखिएको अग्निनियन्त्रक यन्त्रद्वारा बसको झ्याल फुटाइ बाहिर निस्कन सफल भएको बताएका छन् । मृतकमध्ये दुई जना नाबालक रहेका र घाइते ११ जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बस र चालक प्रहरी नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान सुरु गरिएको बताइएको छ । 
 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार चीनमा हरेक वर्ष दुई लाख ५० हजार मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ