arrow

गोविन्द केसीलाई अख्तियारले फर्कायो कडा जवाफ (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ असार १२ आइतबार
ciaa-office-hq.jpg.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि चिकित्साशास्त्र विज्ञान प्रतिष्ठानका बरिष्ठ चिकित्सक गोविन्द केसीले जारी गरेको विज्ञप्तिप्रति खेद जनाएको छ । केसीले विज्ञप्ती जारी गरेको केही घण्टामै आइतबार साँझ अख्तियारले विज्ञप्ति जारी गरी नेपाल सरकारसंग प्रस्तावित विभिन्न मागको फेहरिस्तमा आयोगका प्रमुख आयुक्त एवं आयुक्तहरुमाथि मनोगत लाञ्छनासहित महाभियोग एवं कारबाही प्रक्रिया अघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भत्र्सर्ना गर्दछ– भनेको छ । 
 
केसीले आइतबार दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरी चिकित्सा क्षेत्रमा मौलाएको माफियाकरण र भ्रष्टहरुलाई संरक्षण दिने अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउन समेत माग गर्दै आन्दोलनको चेतावनी दिएका थिए ।
 
पत्रकार सम्मेलनमा केसीले वितरण गरेको विज्ञप्तीमा ‘आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना  र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेका भ्रष्टहरुलाई संरक्षण दिएका र अरु जिम्मेवार पदाधिकारीलाई ब्ल्याक मेलिङ गरेर राजीनामा समेत गर्न बाध्य पारेका तथा कार्य क्षेत्र नाघेर काठमाडौं विश्व विद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका अदुअआ प्रमुख लोकमान सिंह कार्कीमाथि तत्काल संसदले महाभियोग प्रक्रिया अघि बढाओस् । र सम्बन्धित आयुक्तहरुलाई पनि कारबाही गरियोस्’–भनिएको छ । केसीले माग पुरा नभए यही असार २६ गतेबाट आमरण अनसन बस्ने चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ