arrow

सोमबारदेखि ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा

logo
प्रकाशित २०७३ असार १२ आइतबार
nepalindiaflag.jpg.jpeg
काठमाडौँ । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता(पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायत विषयमा छलफल गर्न सोमबारदेखि नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठकको आयोजना गरिएको छ । 
 
पिटिए कार्यान्वयनमा देखिएको अवरोध हटाउने, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सुदृढीकरणका विषयमा समेत संयुक्त बैठकमा छलफल गर्ने कार्ययोजना रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । 
 
ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थकाअनुसार दुई देशबीच भएको सहमति र कार्यान्वयनका अवस्थाका बारेमा समेत सचिव तथा सहसचिवस्तरीय बैठकमा छलफल हुनेछ । 
 
बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुमनप्रसाद शर्मा, सहसचिव दिनेश घिमिरे र अन्य अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा उपकार्यकारी निर्देशकलगायतको उच्चस्तरीय टोली आज नै भारत प्रस्थान गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ