काठमाडौं। विश्व कप फुटबल २०१४को बिजेता जर्मनीले राउण्ड अफ सिकस्टिनमा स्लोभाकियालाई ३-० गोलले हराउँदै क्वार्टरफाईनलको यात्रा तय गरेको छ।
खेलको ८औं मिनेटमा जेरोमी बोएटिङले गोल गर्दै जर्मनीलाई १-० गोलको अग्रता दिलाएका थिए। मारिओ गोमेजले ४३औं मिनेटमा दोस्रो गोल गरेर अग्रता २-० पारेका थिए भने जुलियन ड्राक्सलरले ६३औं मिनेटमा तेस्रो गोल गरेका थिए।
राम्रो लयमा देखिएको जर्मनीले खेलमा पुरै नियन्त्रण राकेको थियो। स्लोभाकियाका खेलाडीहरुलाई खासै खुल्न नदिएको जर्मनीले केही राम्रा आक्रमणहरुमा गोल गर्न सकेको थिएन्। खेलको १३औं मिनेटमा मेसुट ओजिलले पाएको पेनाल्टी स्लोभाकियाका गोलकिपरले रोकेका थिए।
स्लोभाकियाले पनि केही आख्रमणको प्रयास गरेका थिए जस्लाई जर्मनीका गोलकिपर र रक्षापंक्तिका खेलाडीहरुले निस्तेज पारेका थिए।
जर्मनीले क्वार्टरफाईनलमा स्पेन र ईटलीको बिजेतासँग खेल्ने छ।