arrow

बेल्जियमले क्वार्टरफाईनलमा वेल्स भेट्ने

logo
प्रकाशित २०७३ असार १३ सोमबार
EURO_BEL_HUN.jpg.jpeg
काठमाडौं। बेल्जियमले हंगेरिलाई ४-० गोलले पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेको छ। बेल्जियमको लगातार आक्रमणलाई हंगेरीले थेग्न सकेको थिएन्। 
 
खेलको १०औं मिनेटमा टोबी अल्डरवेर्ल्डले गोल गर्दै बे्जियमलाई खेलमा १-०को अग्रता दिलाएका थिए। फहिलो हाफ १-०मा सकिएको थियो। 
 
खेलको ७८औं मिनेटमा मिची बात्शुईले दोस्रो गोल गरेका थिए भने ८०औं मिनेटमा एडेन हजार्डले गोल गरेका थिए। त्यसैगरि खेलको अन्तिम मिनेटमा फरेरा कर्रास्कोले चौथो गोल गरेका थिए। 
 
बेल्जियमले क्वार्टरफाईनलमा वेल्सको समाना गर्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ