arrow

हत्यारालाई कारबाही गर्न महासङ्घको माग

logo
प्रकाशित २०७३ असार १३ सोमबार
Kanchanpur.jpeg.jpeg
भीमदत्तनगरर । कञ्चनपुरको बेदकोट नगरपालिकाका २२ वर्षीया रामदुलारी रानाको हत्याकाण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउन नेपाल आदिवासी जनजाति महासङ्घले माग गरेको छ । 
 
महासङ्घले प्रेस विज्ञप्ति जारी गरी घटनाको यथार्थ पत्ता लगाई दोषीलाई कारबाहीको माग गरेको हो । बेदकोट नगरपालिका–१ चम्फापुरकी विवाहित महिला रामदुलारी गत जेठ १८ गते राति घरबाट बेपत्ता भएकी थिइन् । उहाँको शव २२ गते गाउँकै झाडीमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो । 
 
रामदुलारीका श्रीमान् विदेशमा भएको मौका छोपेर उनीसित प्रेम सम्बन्ध गाँसेका स्थानीय प्रकाश मल्लसहित छ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिरहेका बेला महासङ्घले यस्तो दबाबमूलक विज्ञप्ति जारी गरेको हो । 
 
हत्या गरिएका रानाका ससुराले दिएको किटानी जाहेरीका आधारमा प्रकाश मल्लसहित छ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 
त्यसैगरी महासङ्घसँगै थरुहट तराई पार्टी नेपाल, थारु कल्याणकारिणी सभा, नेपाल रानाथारु समाज, मानव अधिकारका लागि एकल महिला समूह, ज्येष्ठ नागरिक सङ्घ, नेपाल अपाङ्ग महिला सङ्घ, आदिवासी जनजाति महिला सङ्घ, आदिवासी जनजाति युवा महासङ्घले पनि हत्याकाण्डका दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई माग गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ