arrow

नेपालगन्जमा ह्वात्तै बढे कोरोना संक्रमित

कोरोना संक्रमण भयावह अवस्थामा, थेग्नै नसक्ने अवस्था आउने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
lumbini-province-corona.jpg

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालगन्जमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेको छ।  संक्रमितको सङ्ख्या अत्यधिक बढ्न थालेपछि अस्पतालले थेग्नै नसक्ने अवस्था सिर्जना हुन थालेको छ ।

बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा कोभिड १९ परीक्षण गरिएका मध्ये करिब ७० प्रतिशतमा संक्रमण देखिएको छ । अस्पतालले १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रवार अस्पतालले सूचना नै जारी गर्दै महामारी सुरु भए यताकै पहिलो पटक यसरी अत्यधिक संक्रमित भेटिएको उल्लेख छ । 'यही क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको सङ्ख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुस्किल हुने निश्चित छ', अस्पतालद्वारा जारी सूचनामा छ ।

भेरी अस्पतालको कोभिड वार्डमा अहिले ७४ कोरोना संक्रमित उपचाररत छन् । तीमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बाँकेमा हालसम्म जिल्लाका ५९ र बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दिनानुदिन संक्रमित बढ्दै जाँदा अस्पतालले थेग्नै नसक्ने अवस्था सिर्जना हुने भन्दै अस्पतालले, 'संक्रमणलाई थप फैलिन नदिन नेपाल सरकारले अनुरोध गरे बमोजिमका सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्न,' आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ