arrow

मेस्सीले पेनाल्टी 'मिस' गर्दा कोपा अमेरिकाको उपाधि चिलीलाई

logo
प्रकाशित २०७३ असार १३ सोमबार
Copa_Chile1.jpg.jpeg
काठमाडौं। अर्जेन्टिनालाई हराउँदै चिली लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जित्न सफल भएको छ। निर्धारित समय र थप समयमा गोल रहित बराबरी रहेको खेल पेनाल्टी शूट आउटमा पुगेको थियो। पेनाल्टी शुट आउटमा अर्जेन्टिनालाई ४-२ गोलले पराजित गर्दै चिलीले उपाधी जितेको हो। 
 
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टी पोष्ट बाहिर हानेका थिए। त्यसैगरि विडालको पेनाल्टी अर्जेन्टिनाका गोलरक्षकले रोकेका थिए। अर्जेन्टिनाका लुकास बिजिलाको पेनाल्टी चिलीका गोलरक्षकले रोक्दा चिली बिजयी भएको थियो। 
 
गत बर्षको कोपा अमेरिकाको फाईनलमा पनि चिलीले अर्जेन्टिनालाई पेनाल्टी शुट आउटमा पराजित गरेको थियो। 
 
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित समयमा थूप्रै गोलको प्रयसा गरेका भए पनि गोल हुन सकेन। दुवै टोलीका गोलकिपर र रक्षापंक्तीका खेलाडीहरुले उत्कृष्ठ बचाउ गरेका थिए। फाईनल केल भएको हुनाले खेल केही आक्रमक पनि रहेको थियो। 
 
खेल अवधिभर दुवै टोलीले शारिरिक बलको पनि प्रयोग गरेका थिए। खेलको २८औं मिनेटमा चिलीका मार्सेलो डियाजले फाउल गर्दा दोस्रो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। ४३औं मिनेटमा अर्जेन्टिनाका मार्कोस रोजोले रातो कार्ड पाएका थिए। 
 
अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र जेवियर मासकरानोले पनि पहेंलो कार्ड पाएका थिए भने चिलीका अर्टुरो विडाल जिन बेउसर र चार्ल्स अरानगुईजले पहेलो कार्ड पाएका थिए। 
 
अर्जेन्टिना २ बर्षमा लगातार तेस्रो पटक ठुलो प्रतियोगिताको फाईनलमा पुगेको हो। सन् २०१४मा विश?वकप फाईनल र सन् २०१५मा कोपा अमेरिकाको फाईनला पुगेको थियो। अर्जेन्टिना सबै फाईनलमा पराजित भएको थियो। 
 
Chile earned themselves bragging rights as South America's dominant team after they beat heavyweights Argentina
 
Messi must shoulder some of the blame for latest disappointment after missing the chance to give his side advantage in shoot-out
 
Argentina defender Marcos Rojo was shown a straight red card for a wild challenge on Vidal just before half-time
 
Chile defender Gary Med
 
The Argentina talisman was booked by referee Heber Lopes following his tumble in the box in the first half
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ