arrow

राप्रपा नेपाल मोरङ अध्यक्षमा आचार्य

logo
प्रकाशित २०७३ असार १३ सोमबार
RPP-Nepal.jpg.jpeg
पथरी (मोरङ)। राप्रपा नेपाल मोरङको अध्यक्षमा माधव आचार्य विजयी हुनुभएको छ । रातभर भएको मतगणना आज बिहान सकिएको थियो। निर्वाचन आयोगले माधव आचार्य दुई सय ४१ मत प्राप्त गरी विजयी भएको घोषणा गरिएको छ।
 
उनका निकटतम प्रतिद्वन्द्वी मोक गौतमले १०८ मत प्राप्त गरे। त्यसैगरी अध्यक्षका उम्मेदवारहरु डा दुर्गा अधिकारीले ७३ मत, उद्धव दाहालले ४९ मत प्राप्त गर्नुभएको सो निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता उद्धवचन्द्र घिमिरेले जानकारी दिए।
 
घिमिरेका अनुसार ५० जना जिल्ला सदस्यका उम्मेदवारको मतगणना भइरहेको छ। सो अधिवेशनको उद्घाटन राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले आइतबार उद्घाटन गरेको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ