arrow

युरोको बहुप्रतिक्षित खेलमा स्पेन र ईटली भिड्दै

logo
प्रकाशित २०७३ असार १३ सोमबार
italy-spain.jpg.jpeg
काठमाडौं। स्पेन र ईटली युरोपका दुई ठुला टोली 'राउण्ड अफ सिक्सटिन' अन्तर्गत आज राती नेपाली समय अनुसार ९:४५ बजे भिड्दैछन्। सन् २००६को विश्वकप बिजेता ईटली र सन् २०१०को विश्वकप बिजेता स्पेन बिचको खेल संभवत: युरो २०१६को सबैभन्दा रुची राखेर हेरिने खेल हुनेछ।
 
स्पेनले सन् २००८ र २०१२को युरोको उपाधि जितेको थियो। स्पेन उक्त उपाधी जोगाईराख्नकालागि खेल्ने छ भने ईटली पनि युरोको दावेदार टोली हुनाले आफ्नो दावेदारी कायम राख्नकालागि खेल्ने छ।  
 
स्पेन समुह चरणमा क्रोएसियासँग पराजित भएर तीन खेलमा ६ अंकासाथ उपबिजेता हुँदै दोस्रो चरणमा पुगेको हो। टर्की र चेक गणतन्त्रलाई पराजित गरेको स्पेन ईटली बिरुद्ध जित्ने रणनितीका साथ ओर्लने छ। 
 
समुह चरणमा तीन खेलबाट ६ अंक ल्याउँदै इटली समुह बिजेता बनेको हो। आयरल्याण्डसँग पराजित इटलीले बेल्जियम र स्वेडेनलाई पराजित गरेर समुह बिजेता भएको हो। 
 
दुई टोलीले एक अर्का बिरुद्ध ३५ खेल खेलिसकेका छन् जस्मा दुवै टोलीले १०-१० खेल जितेका छन् भने १५ खेल बराबरीमा सकिएको छ। एक अर्का बिरुद्ध ईटलीले ४० गोल गरेको छ भने स्पेनले ३६ गोल गर्न सफल भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ