arrow

लेबनान र सिरियाको सीमा क्षेत्रमा छ व्यक्तिको मृत्यु

logo
प्रकाशित २०७३ असार १३ सोमबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg
बेरुत । लेबनानको एक सानो गाउँमा शङ्खलाबद्ध रुपमा भएका बम विस्फोटमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । 
 
सिरियाको सीमाक्षेत्रमा भएको यस बम विस्क्फोटमा परी अन्य १५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएको छ । पूर्वी लेबनानको अल काट गाउँमा भएको यस आक्रमणमा मारिएका सवै सर्वसाधारण भएको जनाइएको छ । 
 
घाइतेमध्ये तीन जना भने लेबनानी सैनिक भएको सो गाउँका स्थानीय बासिन्दाले लेबनान रेडियोका उपप्रमुखलाई जानकारी गराएका छन् । 
 
लेबनानको अल काट गाउँमा ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीको बसोबास रहेको छ । सो इलाका सिरियाको सीमाक्षेत्र भएको हुनाले सन् २०११ बाट सिरियमामा जारी द्वन्द्वपछि सो इलाकामा कैयौँ पटक विस्फोटन भएको बताइएको छ ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ