arrow

एक किलो यार्सागुम्बा सहित एक व्यक्ति पक्राउ

logo
प्रकाशित २०७३ असार १३ सोमबार
manwithyaksha.jpg.jpeg
दाङ। दाङको तुलसीपुरबाट प्रहरीले अबैध रूपमा बेच्न थालिएको १ किलो यार्सागुम्बा सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिप्रकाबाट सादा पोशाकमा खटिएका प्रहरीले कालिका ५ बर्दियाका ५१ बर्षिय कर्णसिंह सुनारलाई तुलसीपुर ६ हात्तीखोवा बाट पक्राउ गरेको हो। 
 
यार्सागुम्बा र ति व्यक्तिलाई इप्रका तुल्सीपुरमा बुझाएको प्रहरी जवान सुदिप बुढाले जानकारी दिएका छन्। उनका अनुसार सुनारले यार्सागुम्बा मुगुबाट दाङ ल्याएको बयान दिएका छन्। पक्राउ परेका सुनारलाई कार्वाहीका लागि जिल्ला वन कार्यालयमा बुझाउने दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ