arrow

पोर्चुगललाई गलाएको आइसल्याण्ड इङ्गल्याण्डलाई चुनौती

logo
प्रकाशित २०७३ असार १३ सोमबार
England-vs-Iceland-Prediction.jpg.jpeg
काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबलमा राउउण्ड अफ सिक्सिटिनको अन्तिम खेलमा इङ्गलिश टोली इङ्गल्याण्ड र आइसल्याण्ड भिड्दै छन् । राति पौने १ बजे हुने खेलमा दुवै क्वार्टर फाइनल पुग्ने दाउमा हुने छन् । यी दुईबीचको खेल संगै क्वार्टरफाइन पुग्ने सबै टोलीको टुंगो लाग्ने छ अर्थात् क्वार्टरफाइनल समीकरण पूरा हुने छ । 
 
यस्तै, इङ्गलिश क्लबका खेलाडीले भरिएको इङ्गग्ल्याण्डलाई बलियो मानिए पनि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिष्ठित फुटबल खेलेको आइसल्याण्डले हाल सम्म शानदार प्रदर्शन गरेकाले कमजोर आँक्न नहुने फुटबल पण्डितहरुको भनाई छ । समूह चरणमा अपराजित रहेका दुवै टोली समूह उपविजेताका रुपमा अकआउट चरण पुगेका हुन् । दुबैले २ खेल बराबरी गर्दा १ खेलमा जित हासिल गरे । इंगल्याण्डले समूहको पहिलो खेलमा रसियासंग १–१ को बराबरी खेल्यो । जहाँ दुवै टोलीका समर्थकबीच रंगशालामै हानाहान भएको थियो । पछि रसिया समूहचरणबाटै बाहिरियो । 
 
दोस्रो खेलमा युनाइटेड किन्डमकै वेल्सलाई २–१ ले हराउँदा समूहको अन्तिम खेलमा स्लोभाकियासंग गोल रहित बराबरी खेल्यो । उता, आइसल्याण्डले समूहको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पोर्चुगललाई १–१ को बराबरीमा राक्यो । दोस्रोमा हंगेरीसंग समेत १–१ कै बराबरी भयो ।
 
जुन समूहबाट हंगेरी समूह विजेता भएको थियो । समूहको अन्तिम खेलमा अष्ट्रियाविरुछ २–१ को जित निकाल्यो । उपाधि दावेदारी गरिरहेको पोर्चुगललाई टक्कर दिएको आइसल्याण्ड इङ्गल्याण्डका लागि कठिन प्रतिद्वन्द्वी हुन सक्छ । इङ्गल्याण्डमा अनुभवि खेलाडी भएपनि फरवार्ड चल्न सकेका छैनन् ।  
 
हेड टु हेड 
यी दुईबीच युरोपियन च्याम्पिनसिपमा यो पहिलो भेट भए पनि अन्य प्रतियोगितामा भने ११ पटक आमने–सामने भएका छन् । यद्यपि, आइसल्याण्डले एउटा खेल पनि जित्न सकेको छैन । इङ्गल्याण्डले ९ खेल जितेको छ भने, २ खेल बराबरीमा सकिएको छ । 
 
इङ्गल्याण्ड
सन् १९९८ को विश्व विजेता इङ्गल्याण्डले हालसम्म युरोकप जित्न सकेको छैन । यद्यपि, हरेक युरोकपमा उसको प्रदर्शन शानदार रहने गर्दछ । सुपरस्टार वायन रुनीको कप्तानी रहेको इङ्गलिश टोली यो पटकको उपाधि कब्जा गर्दै आफ्ना समर्थकलाई खुसियाली दिन चाहन्छ ।   
 
प्रिमियर लिगमा तहल्का मच्चाएका जेमी भार्डी र ह्यारी केन अग्रपंक्तिमा रहेको इङ्गल्याण्डले यसपटक उपाधिमा आँखा लगाएको छ । ड्यानिएल स्टुरिज, डेले अल्ली, राहिम स्टरलिङ, एडम लालाना रहेको टोली बलियो छ । इद्यपि, उसको फिन्सिङ नमिलेको भन्दै आलोचना समेत हुने गरेको छ ।  
 
आइसल्याण्ड
आइसल्याण्डले यो युरोकप पहिलो खेलमा बलियो मानिएको पोर्चुगलसँग अप्रयासित रुपमा १–१ गोलको बराबरी खेल्दै पोर्चुगल कडा टक्कर दिएर सबैलाई चकित बनायो । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड जस्ता बलियो टोलीलाई हराएको आइसल्याण्ड यो युरोकपमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ । 
 
हेनेस हेल्डोरसन, रग्नर सेगुर्डसन, बिकिर बियर्नासन, केरी अर्नासन, कोल्विन स्किथोर्सन आइसल्याण्डका प्रमुख हतियार हुन् । फिफा वरियतामा हाल ३४अाैँ स्थानमा रहेको आइसल्याण्ड सन् २०१५ मा २३ औं स्थानमा पुगेको थियो । जुन उसका लागि सबै भन्दा उच्च स्थान हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ