एजेन्सी । पहिलो पटक अमेरिकामा भएको कोपा अमेरिका फुटबलको उपाधि चीलीले उचाल्यो । लगातार दोस्रो उपाधि उचाल्ने क्रममा चीलीले यसपटक समेत पेनाल्टीमै बाजी मार्याे । गत संस्करणमा पेनाल्टी फरक ४–१ रहँदा यसपटक ४–२ रहयो ।
अर्जेन्टाइनी स्टार लियोनल मेसीले पेनाल्टी गुमाएपछि चीलीसंग वदला लिने सपना चक्नाचुर भयो । त्यति मात्रै भएन मेसी मिटलाफ स्टेडियममै रोए । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरिदिए ।
एकातिर उनका समर्थक अर्कातिर अर्जेन्टिनाका समर्थकमाथि बज्रपात भयो । उपाधि जित्न नसकेको खल्लोमाथि मेसीको राष्ट्रिय टोलीबाट बहिर्गमनको घोषणा सहन नसकेका समर्थकहरुले मेसीलाई निर्णय फिर्ता लिन भनिरहेका छन् । उता, राष्ट्रिय टोलीका सबै खेलाडीले बाहिरिने सम्मको मनस्थिति बनाएका छन् ।
सोमबार सामाजिक संचाल मेसी मय भयो । मेसीको बहिर्गमन हुन नहुने पक्षमा निकै धारणाहरु आएका छन् ।
अर्जेन्टाइनी फुटबल संघसंगको सम्बन्ध राम्रो नरहेका मेसीले फाइनलमा हारेपछि सन्यासको घोषणा गरे । राष्ट्रिय टिमका खेलाडी र प्रशंसकले उनले आफ्नो निर्णय फिर्ता गर्ने विश्वास गरेका छन् ।
एक पटक होइन चार पटक फाइन पुगेर हार्नुको पीडा खप्न नसकेपछि मेसीले तत्काल सन्यासको निर्णय लिए । केही दिन अघि मात्रै विश्व फुटबल हस्ती अर्जेन्टाइनी फुटवल सुपरस्टार डिएको म्याराडोनाले उपाधि अर्जेन्टिनाले नै जित्ने विश्वास गरेका थिए । यद्यपि, त्यसो हुन सकेन । उनले चेतावनी पूर्ण अभिव्यक्ति समेत दिएका थिए । ‘उपाधि हामी जित्ने छौं, यो पटक पनि उपाधि जितेनन् भने खेलाडीलाई घर फर्किने कुनै अधिकार छैन’–म्याराडोनाले भनेका थिए ।
मेसीको सन्यास घोषणा अधिकांशले अफशोच भनेका छन् । ट्वीटरमा कतिपयले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी जस्तै निर्णयमा पुनःविचार गर्न भनेका छन् ।
कसैले टेनिश सुन्दरी मारिया सारापोभाले कुनै समय भारतीय क्रिकेटर सचिन तेन्दुलकरबारे उल्लेख गर्दै म उनलाई चिन्दिन भनेकी थिईन, तर मारियाले मेसी को हुन् भन्ने राम्ररी चिनेकी छन्’– भन्दै ट्वीट गरेका छन् ।
यस्तै, मेसी विश्व फुटबलमै उत्कृष्ठ खेलाडी हुन् र रहिरहने छन् भन्दै केहीले भनेका छन्, ‘मेसी सबै ट्रफि र टुर्नामेन्टमाथि छौ, यस्तो लाग्छ कि भगवान् आफ्नो सेवाबाट रिटायर्ड भइसके छन् ।’