arrow

गुण्डागर्दी गर्ने खत्री र बस्नेतलाई कारवाहीको माग गर्दै काँग्रेस केन्द्रमा उजुरी

logo
प्रकाशित २०७३ असार १३ सोमबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं। नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशनका क्रममा आफुमाथी भएको आक्रमणका दोषिलाई कारवाही माग गर्दै काँग्रेस केन्द्रिय कार्यालयमा उजुरी दर्ता भएको छ। नेविसंघका केन्द्रीय सदस्य एवं कांग्रेस महाधिवेशन प्रतिनिधि बलदेव तिमल्सिना र नेविसंघका नेता युधीर पौडेलमाथी आक्रमण गर्ने महासमिति सदस्य विष्णु बहादुर खत्री र क्षेत्र नं १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत विरुद्ध  सोमबार उजुरी दर्ता भएको हो। केन्द्रीय कार्यालय सानेपामा कारवाहीको माग गर्दै तिमल्सिना र पौडेलले गरेको उजुरी दर्ता नं ७६३/ ०७२ /०७३ मा दर्ता भएको छ। 
 
सिन्धुपाल्चोकको जिल्ला अधिवेशनका क्रममा विना कारण खत्री र बस्नेत आफुहरुमाथी जाइलागेकाले उनीहरुलाई पार्टीको पद निलम्बन गरि छानविन अघि बढाउन र छानविनपछि आवश्यक कारवाही गर्न माग गरिएको छ। जिल्ला सभापतिका प्रत्यासी भूपेन्द्र बहादुर थापालाई मत मागेको भन्दै उनका प्रस्तावकसमेत रहेका तिमल्सिना र निकट सहयोगी पौडेलमाथी कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मोहनबहादुर बस्नेतपक्षधर खत्री र बस्नेतले आक्रमण गरेका थिए। सो घटनापछि गुण्डागर्दीको भरमा  पार्टी कब्जा गर्न खोजेको भन्दै कार्यकर्ताले आलोचना गरेका थिए। सोही घटनाका कारण आलोचित बनेको बस्नेत समुह जिल्ला अधिवेशनमा समेत पराजित भयो। थापाको समर्थनमा विकास लामा जिल्ला सभापति निर्वाचित भएका हुन्।  
 
त्यसैगरि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्यसमेत रहेका आक्रमणकारी खत्रीलाई कारवाहीको माग गर्दै उद्योग वाणिज्य महासंघको केन्द्रिय  कार्यालयमा  समेत उजुरी दर्ता गरिएको छ। उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका साधारण सदस्य समेत रहेका तिमल्सिनाले दर्ता नं १९९३मा सोमबार नै उजुरी दर्ता गरेका हुन्। उता,घटना घटेको भोलीपल्ट नै पीडितहरुले इलाका प्रहरी कार्यालय बाहबिसेमा आ सार्वजनिक अपराधको मुद्धा दायर गरेका थिए। सो मुद्धामा अनुसन्धान भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ