arrow

वन मन्त्रालयको सचिवमा कँडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
pem-narayan-kandel.JPG

काठमाडौँ । नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयको सचिवमा डा पेमनारायण कँडेललाई सरुवा गरेपछि उनी बिहिवारदेखि मन्त्रालयमा हाजिर भएका छन्।

मन्त्रालयका यसअघिका सचिव डा विश्वनाथ ओलीले आफ्नो पदावधि पूरा गरी मङ्गलबार अवकाश पाएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले डा कँडेललाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०४३ मा रेञ्जरबाट सेवा प्रवेश गरेका डा कँडेल विसं २०५१ मा अधिकृत र विभिन्न जिल्लामा जिल्ला वन अधिकृतको अनुभव हासिल गरी विसं २०६६ मा सहसचिवमा पदोन्नति भएका थिए ।

तत्कालीन भूसंरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयको योजना महाशाखा प्रमुखमा लामो समयको अनुभवपछि डा कँडेलले राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समितिको सदस्यसचिवमा समेत जिम्मेवारी सम्हालैका थिए ।

प्रदेश नं २ को प्रदेश वन सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक भई सचिवमा पदोन्नति भएपछि यसअघि उनी कृषि तथा पशुपक्षी मन्त्रालयमा करिब साढे चार महिनादेखि कार्यरत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ