- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जाजली नामका एक महान ऋषि थिए। उनी वर्षाकलामा खुला आकाशमुनि सुत्ने गर्दथे र गर्मीमा घाममा बस्दथे । यस्तो भए पनि उनलाई वास्तविक धर्मको ज्ञान थिएन । उनको शरीर मैलो थियो। जटामा लट्टा परेको थियो, जसमा चराहरूले गुँड लगाएका थिए । चराहरू जटामा नै फुल पार्दथे र बच्चासहित उडेर जान्थे । त्यसपछि उनलाई अब म सिद्ध भएँ भन्ने घमण्ड आयो । त्यतिकै मा उनले “काशीमा बस्ने तुलाधारजस्तो तिमी धर्मात्मा छैनौ” भन्ने आकाशवाणी सुने ।
आकाशवाणी सुनेपछि वैश्यलाई भेट गर्न भनी निस्के र धेरै दिनको यात्रापछि तुलाधार कहाँ पुगे । तुलाधारले जाजलीलाई देख्नासाथ प्रणाम गरे, स्वागत गरे र भने“तपाई यहाँ आउनु हुन्छ भन्ने मलाई थाहा थियो । जटामा जब चराहरूले गुँड लगाए, फुल पारेर उडेर गए अनि तपाईँमा घमण्ड आयो । तपाईँले आकाशवाणी सुन्नुभयो अनि तपाईँमा अमर्ष (ईर्ष्या र द्वेष) आयो । त्यसपछि मात्र मकहाँ आउनुभयो” भनी सबै वृत्तान्त जाजलीलाई सुनाए ।
तुलाधारको कुरा सुनेपछि उनी छक्क परे र “वैश्य भएर पनि तिमीमा यस्तो बुद्धि कहाँबाट कसरी आयो ? मलाई सुनाऊ” भने ।
वैश्य भन्न थाले- "अरूको द्रोह नगर्ने र मन, वाणी, क्रिया आदिबाट सबको हितमा लागिरहने, कुनै वस्तुको पनि कामना नगर्ने, सबै प्राणीमा एवं माटो र सुनप्रति सम भाव राख्ने व्यक्तिले नै वास्तविक धर्म जानेको हुन्छ भन्दै धर्मको उपदेश गरे ।
संसारमा संयोग वियोग भइरहने दृष्टान्त दिँदै तुलाधारले जाजलीलाई “जसरी नदीले बगाएको मुढो कहिले अर्को मुढोसँग ठोकिन्छ, फेरि बगेर जान्छ, त्यसैमा अनेक प्रकारका फूल, गोबर, कसिङ्गर लगायतका वस्तुहरू ठोकिन्छन् र पुनः बगेर जान्छन्, त्यसरी नै संसारमा संयोग वियोग भइरहन्छ । हामीले सत्पुरुषको आश्रय लिएर वास्तविक ज्ञान प्राप्त गर्नुपर्छ । अर्काको परिश्रमको फल भोग गर्नु हुन्न । अरूको वध गर्नु हुन्न । अरूको लहैलहैमा लागेर काम गर्नु हुन्न । ब्रह्म सर्व स्वरूप छ । आत्मा नै मुख्य तीर्थ हो । तीर्थ गर्न देश-देशान्तरमा चक्कर लगाउनु पर्दैन । कसैले गाली गरोस् या प्रशंसा गरोस्, सबमा समान दृष्टि राख्नुपर्छ” भन्ने लगायतका उपदेश गरे ।
तुलाधारको यस्तो युक्तियुक्त उपदेश जाजलीले मनमा लिए । केही समयपछि दुवैले शरीर त्याग गरे र आ-आफ्नो कर्मअनुसारको फल भोग गर्न लागे। (महाभारतको शान्ति पर्वको मोक्षधर्मपर्वबाट।)
मनलाई बलियो पार्न गीताको सोहौं अध्यायका पहिला मात्र गरी, बाँकी समयलाई सत्यको खोज या परमात्मा-चिन्तनमा स्वाध्यायजस्ता दैवी गुणहरू पालन गर्दै जानुपर्छ र चाहिने कर्तव्य तीन श्लोकमा बताइएजस्तै अभय, दान, परोपकार, सत्य, आक्रोध, लगाउनुपर्दछ । यो नै आत्मसमर्पण या भक्ति योग हो । मुख्य कुरा हो, कर्तव्यबाहेक अरू कुनैमा आफ्नो समय खेर नफाल्ने, ईश्वर-चिन्तन बढाउँदै जाने र अरू व्यावहारिक चिन्तन घटाउँदै गएर शून्य पार्ने । सुरुसुरुमा तपाईँहरू परमात्मातर्फको चिन्तन १ मिनेट गर्नुहोला, व्यवहारतर्फ ५९ मिनेट लगाउनुहोला तर जब परमात्मातर्फको चिन्तन बढाउँदै जानुहुन्छ, व्यवहारतर्फको चिन्तन घट्दै गएर शून्य हुन पुग्छ।
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com