arrow

भक्ति र अठोट

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ पुष ३० शनिबार
Shivapuri-Baba.jpg

श्री शिवपुरीबाबा आज्ञा हुन्थ्यो, 'परमेश्वरको दर्शन गर्न चाहनेले उहाँमा अटुट भक्ति गर्नुपर्दछ । स्वधर्मको शिक्षा कर्म, ज्ञान र भक्तिको सङ्गम हो । यी तीन वटै पक्ष हामीले साथ साथ पालना गर्दै जानुपर्छ । परमेश्वरमा भक्ति गर्नाले हाम्रो मन पनि आनन्द हुन्छ । पूर्ण ज्ञान प्राप्त गर्न चाहनेले श्री शङ्कराचार्यको जस्तो ज्ञान, जैमिनीको जस्तो कर्म तथा नारद जस्ता महापुरुषहरूको जस्तो भक्ति जम्मा गर्दै जानुपर्छ । ईश्वरको भक्ति गर्नाले परिआउने दुःख पीडा कम गर्ने सामर्थ्य हामीमा हुन्छ । '

साधकले अठोट पनि गर्नुपर्दछ । ध्रुवको जस्तो अठोट साधकमा हुनुपर्छ भनेर उहाँ बारम्बार आज्ञा हुन्थ्यो ।  

केही भक्तहरूले उहाँलाई बाबा, भक्ति बढाउन कुन कुन किताब पढ्नु पर्दछ भनेर प्रश्न गर्दा उहाँले आज्ञा भएको थियो भक्ति बढाउन भागवत, नारायणी पनि पढ्नुपर्छ आज्ञा भएको थियो ।

आज नारायणी पुस्तकका बारेमा चर्चा गरिन्छ । नारायणी एउटा ग्रन्थ हो जसको रचयिता केरल निवासी नारायण भट्टतिरी हुन् । यसमा श्री नारायणको अर्को रूप श्री कृष्णको स्तुति गरिएको छ र भागवतमा उल्लेख भएका धेरै जसो प्रसङ्गहरूको छोटकरीमा वर्णन गरिएको छ ।

यसका रचयिता नारायण भट्टतिरी एक पटक वायु रोगले पीडित भएका थिए । त्यस बेला उनले ग्रन्थको एक एक दशक तयार गरेर केरलको प्रसिद्ध गुरुवायुर मन्दिरमा चढाएका थिए र ग्रन्थ पूरा भएपछि यिनी त्यो रोगबाट मुक्त भएका थिए ।  (क्रमशः........)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् । श्रीशिवपुरी बाबाका उपदेशहरु संग्रहित स्वधर्मको परिमार्जित चौथो संस्करण उपलब्ध छ। )
इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ