arrow

हजारौँ वर्षसम्म राज्य भोग गरेका ध्रुव

ध्रुव चरित्र २

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ माघ १९ बिहिबार
praladh-naradh.png

यसरी तपस्यामा गएका वालक ध्रुवको तपस्याको प्रभावले चारै दिशामा उकुसमुकुस हुन लाग्यो । अनि देवताहरु आएर हजुर नारायणलाई प्रार्थना गर्न थाले । त्यो प्रार्थना सुनेर हजुरको हृदय करुणाले गर्दा पग्लन गयो । अनि फेरि हजुर गरुडमा चढेर हजुरकै रूप जस्ता भएका चिदानन्द रसमा डुबेका बुद्धिमान वालक ध्रुवको सामुन्नेमा प्रकट हुनु भयो ।

त्यसरी प्रकट भए पछि हजुरको दर्शनले ध्रुव हर्षले अति तरङ्गित भएका आँखाले हेर्दै हजुरको रूप रुपी अमृतमा डुब्दै थिए । त्यसपछि ध्रुवको मनमा आफ्नो स्तुति गर्ने इच्छा भएको बुझेर हजुरले निधारमा आदरपूर्वक आफूसँग भएको शंखले छोइदिनु भयो । शंखले छुनासाथ उनले तत्वबोधले भरिपूर्ण निर्मल स्तुति गर्न लागे ।

यसरी ध्रुवले स्तुति गर्न लागेपछि उनको भित्री इच्छा थाहा पाएर हजुरले ध्रुव तिमी धेरै वर्षसम्म राज्य भोग गर अनि फेरि सप्तर्षि लोकभन्दा पनि माथि रहेको फेरि फर्केर आउनु नपर्ने धाम ध्रुव लोकमा गएर बस भन्ने आज्ञा भयो । यति भनेर हजुर फर्केपछि राजकुमार ध्रुव सबैलाई आश्चर्य पार्दै, आनन्दित गर्दै राजधानी फर्केर आए । हजुरको अनुग्रहले उनको सबै कामनाहरू पूर्ण भइसकेका थिए । यसरी सबै कुरा पूरा भए पनि उनलाई राज्यको जिम्मा दिएर बाबु उत्पादकता बन तर्फ गए । यसरी बाबु बन तर्फ गए पनि ध्रुव धेरै वर्षसम्म राज्य भोग गर्दै बसे ।

श्री नारायणीयम्‌मा चर्चा गरिएको ध्रुव चरित्र

यति हुँदा हुँदै सुरुचिका छोरा उत्तमलाई कुनै यक्षले मारेको सुनेर भाइलाई मार्ने प्रति रिस गर्दै ध्रुवले राक्षसहरूसँग लडाई गर्न लागे । तर उनका बाजे मनुले रोकेका हुनाले उनी त्यो युद्धबाट विरक्त पनि भए । यसरी विरक्त भएको देखेर कुवेर ध्रुवको नजिकमा आए । उनले ध्रुवलाई वर माग भन्दा पनि उनले मुनिसँग भगवान् नारायणको चरणमा भक्ति भई रहोस् भन्ने आग्रह गरे ।

यसरी हजारौँ वर्षसम्म राज्य भोग गरेपछि नारायणका पार्षद् नन्द सुनन्दले लिएर आएका विमानमा बसेर उनी ध्रुव लोकमा गए । उनी त्यहाँ आफ्नी आमा सुनीति सँग प्रसन्न मन लिएर बसिरहेका छन् । (समाप्त) ।
 

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् । श्रीशिवपुरी बाबाका उपदेशहरु संग्रहित स्वधर्मको परिमार्जित चौथो संस्करण उपलब्ध छ। )
इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ