arrow

हनुमानलाई शिक्षा

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
Lord-Rama-Giving-Blessing-To-Lord-Hanuman.jpg

काठमाडौं । भक्ति मार्गमा लागेका धेरैजसो साधकहरू हरदम आफ्नो मुखबाट आफूले आराधना गरेको भगवानको नाम उच्चारण गरिरहेकै हुन्छन् अथवा माला जपिरहेकै हुन्छन् । चाहे तिनीहरू शिवजीलाई सम्झिउन्, विष्णुलाई सम्झिउन् या राम या कृष्ण । 

एक पटक हनुमान जी कतै गइरहनु भएको थियो रे । बाटोमा उहाँले एक जना व्यक्ति पुरुषोत्सर्ग गर्दा पनि राम राम भनिरहेको सुन्नुभएछ । 

हनुमानजीले उसलाई यस्तो अपवित्र कार्य गर्दा पनि तिमीले रामको नाम लिने भनेर एक लात उसको पिठ्युँमा हान्नु भएछ । यसरी लात हानि सकेर उहाँ आफ्नो गन्तव्य तिर लाग्नुभएछ । 

रातमा उहाँ रामको पाउ दबाउन लाग्दा रामले मेरो पिठ्युँमा अति नै दर्द भएको छ, त्यसैले त्यहाँ विशेष गरेर दबाउ भनेर भन्नु भएछ । 

हनुमानजी अलमलमा पर्नु भएछ । उहाँ अलमल देखेर रामले आज मलाई कसैले एक लात हान्यो, त्यसले गर्दा धेरै दुःखेको छ भन्नुभएछ । हनुमानले आफूले त्यो व्यक्तिलाई लात हानेको कुरा सम्झे र सबै कुरा रामलाई बताउनुभयो । 

रामले उहाँलाई सम्झाउनु भएछ , हेर मानिसहरू श्रद्धाले आफ्नो आराध्यको नाम लिँदा केही फरक पर्दैन, उसले सम्झना साथ आफ्नो आराध्य देवको नाम लिन थाल्छ भने त्यस्तालाई विरोध गर्नु ठिक हुँदैन । 

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।)
इमेल :aamodita@gmail.com 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ