arrow

श्री नारायणीयम्‌मा चर्चा गरिएको ध्रुव चरित्र

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ माघ १२ बिहिबार
praladh-naradh.png

मनुका छोरा महाराज उत्तानपादका दुई पत्नीहरू थिए । ती दुई मध्ये सुरुचिलाई राजा धेरै प्रेम गर्दथे । अर्को पत्नीको नाम सुनीति थियो जसलाई राजाले आदर गर्दैनथे । उनी शरणहीना (कसैले पनि शरण नदिने) थिइन् । त्यसैले उनले परमात्माको अनन्य भावले आश्रय लिएकी थिइन् ।

एक दिन सुनीतिको छोरा ध्रुवले सुरुचीको छोरा उत्तम बाबुको काखमा बसेको देखेर त्यहीँ बस्न जाने इच्छा गरे । सुनीतिले उनको इच्छालाई पूरा हुन नदिन कडा शब्दले ध्रुवलाई गाली गरिन् । भगवद् विमुख भएका मानिसलाई ईर्ष्या एवं व्देश दृष्टि छाड्न कठिन नै हुन्छ भनेको कुरा ठिकै हो ।

उनका बाबु उत्तानपाद स्त्रीको फन्दामा त परेकै थिए किनभने परमात्माको मायाले उनको चित्त मोहले ढाकिएको थियो, त्यसैले उनले केही बोलेनन् । तर त्यस्ता कडा बचन सुनेका ध्रुव आफ्नी आमा सुनीति कहाँ गए । सुनीतिले पनि ध्रुवलाई मनुष्यलाई आफ्नो कर्म गतिबाट पार पाउन परमात्माको मात्र शरण नै भए पुग्छ भन्ने कुरा बताइन् ।

भनिन्छ कि ध्रुव त्यस बेलामा पाँचै वर्षका मात्र थिए तैपनि उनमा क्षत्रियमा हुनुपर्ने गुण भरिभराउ थियो । आमाको बचन सुनेर उनले पनि परमात्माको आराधनामा नै आफ्नो मन लगाउने निश्चय गरे र शहर बाहिर निस्के । बाटोमा उनले नारद ऋषि भेट गरे । नारदलाई भेट गरेपछि नारदले दिएको मन्त्र उपदेश पाएर मधुवनमा गएर हजुरको आराधना गर्दै तपस्यामा लागे ।

ध्रुवको बन गमन सुनेर उनका बाबु उत्तानपादको मन खिन्न भयो । त्यसै बेलामा नारद ऋषि राजाको दरबारमा गए । राजधानीमा उनले त्यहाँ अनेक किसिमबाट सम्झाएर उत्तानपादको चित्र वृत्तिलाई शान्त पारे । यता वालक ध्रुवले भने आफ्नो मनलाई आफैँमा समाहित गर्दै क्रमशः ध्यान बढाउँदै कठिन तपस्या गर्दा गर्दै पाँच महिना बिताए । (क्रमशः......)
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् । श्रीशिवपुरी बाबाका उपदेशहरु संग्रहित स्वधर्मको परिमार्जित चौथो संस्करण उपलब्ध छ। )
इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ