arrow

राजा चित्रकेतु

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ माघ ५ बिहिबार
king-khatwang.jpg

श्री नारायणीयम्का रचयिताले भगवान्को स्तुतिमा राजा चित्रकेतुको उल्लेख पनि गरेका छन् । प्राचीन कालमा शुरसेन राज्यमा चित्रकेतु नाम भएका एक राजा थिए । उनले महर्षि अंगिरासंग छोरा पाउँ भनेर आग्रह गरे । 

तिनै ऋषिको प्रतापले राजालाई छोरा भयो तर ती छोरालाई राजाका सौतेनी स्त्रीहरू मिलेर मारे । यसरी मारेपछि राजा चित्रकेतु हजुरको मायाले विवश भए र राजा मोहमा परे । त्यति भएपछि दयालु नारद महर्षि अंगिरालाई साथै लिएर आए र आफ्नो योगवलले चित्रकेतुको मरेको छोराको जीवलाई बोलाएर राजालाई देखाइ दिए । 

त्यो जीवले म कसको छोरा हुँ भन्ने बचन निकाल्यो । यो बचनले राजाको मोह रुपी अज्ञान हट्यो । यसरी अज्ञान हटेका राजालाई नारद ऋषिले नै भगवद् उपासनामा लगाई दिए ।

राजा चित्रकेतु नारद ऋषिसँग स्तोत्र तथा मन्त्र पाएर हजुर अनन्त मूर्तिलाई प्रसन्न गर्नाका लागि तपस्या गर्न शुरु गरे । सातौँ रातको तपस्या पछि ती राजा विद्याधर हरुको मालिक भए । अनि राजा चित्रकेतु हजुरको भजन गर्न लागे । किनभने उनको बुद्धि निश्चल भइसकेको थियो । 

केही समय पछि उनले स्तुतिहरूबाट प्रसन्न भएर हजुर उनको सामुन्नेमा प्रकट भइदिनु भयो । त्यस बेलामा हजुरको मूर्ति कमलको डांठ जस्तो उज्ज्वल वर्णको थियो । त्यसमा एक हजार फणाहरू थिए र त्यो मूर्तिलाई सिद्धगणहरुले घेरेर स्तुति गरिरहेका थिए । अनि हजुर उनलाई कृपा गरेर आत्मतत्वको उपदेश बक्सेर अन्तर्ध्यान हुनु भयो । (क्रमशः..) 

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् । श्रीशिवपुरी बाबाका उपदेशहरु संग्रहित स्वधर्मको परिमार्जित चौथो संस्करण उपलब्ध छ। )
इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ