arrow

शिव पार्वती विवाह

अर्धनारीश्वर (२)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ पुष २१ बिहिबार
shiv-parbati.jpg

नारद ऋषि स्वर्गतिर गएपछि पर्वतराज हिमालयकी पत्नीले स्त्री स्वभावले गर्दा आफूले नारद ऋषिले बताएको कुरा मैले राम्ररी बुझिन, त्यसैले सबै कुरा बताइदिनु पर्‍यो भनेर अनुरोध गरिन् । 

उनले आफ्नो छोरीले सुखदायी पति पाउनु पर्ने आदि कुराहरू बताइन् । उनको कुराहरू सुनी सकेपछि पर्वतराजले नारद मुनिको वाक्य कहिले पनि झुठोँ नहुने हुँदा आफ्नो छोरीलाई चित्त स्थिर गरेर शिवजीको तपस्यामा लगाउनु भनेर अह्राए । 

उनले ”यदि शिवजी प्रसन्न हुनुभयो भने नारद ऋषिले बताएका कुनै अपशकुन छन् भने पनि नाश हुने छन्” भन्ने कुरा सम्झाए । 

आफ्ना पतिका यस्ता कुरा सुनेपछि मेना हर्षित भइन् । उनी छोरीको नजिकमा गइन् । छोरीको कोमल अङ्ग देखेर उनी दुःखित पनि भइन् । उनले छोरीलाई केही पनि कुरा बताउन सकिनन् ।

पार्वतीले आमाको कुरा बुझी हालिन् । उनले आमासँग आफूले सपनामा दयालु तपस्वी ब्राह्मण देखेको र ब्राह्मणले आफूलाई शिवजीको तपस्या गर्नु भनेर अह्राएको कुरा सुनाइन् । 

त्यो कुरा सुनेर पर्वतराजले पनि आफूले रातको अन्तिम प्रहरमा ब्राह्मणको सपना देखेको र पार्वतीलाई साथ लिएर आफू ती ब्राह्मणलाई भेट गर्न गएको सपना देखेको कुरा बताउँदै पक्का पनि छोरीको वर भगवान् शिव नै हुनुहुन्छ भन्ने मनमा पक्का अठोट गरे । ती दुवै पति पत्नी केही समयसम्म ती सपनाहरूका बारेमा चर्चा गर्दै समय बिताए । 

सतिका विरहले विरक्त भएका शिव त्यहीँ तपस्या गर्न आउनु भयो । पार्वतीले पनि उनको सेवा गर्न थालिन् । शिवजीलाई तपस्याबाट विचलित गराउन कामदेवले अनेक कोसिस गरे तर त्यसले शिवजीमा कुनै असर नै गरेन । बरु शिवजीले क्रोधित भएर हेर्नुभएको आँखाको ज्वालाले कामदेव नै भष्म भए । 

भगवान् शिवले लोकाचारलाई स्वीकार गरि पार्वतीसँग विवाह गर्नुभयो । पुराण अनुसार शिवजीको विवाह शिवरात्रिको दिन भएको र त्यसका पुरोहित ब्रह्मा हुनुभएको चर्चा छ ।  (सङ्कलित)

अर्ध नारीश्वर शिव १

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् । श्रीशिवपुरी बाबाका उपदेशहरु संग्रहित स्वधर्मको परिमार्जित चौथो संस्करण उपलब्ध छ। )
इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ