arrow

आईसल्याण्डसँग हारेपछि इङ्गल्याण्डका प्रशिक्षक हड्ज्सनले राजीनामा दिए

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
Hodgson_Eng.jpg.jpeg
एजेन्सी  । राष्ट्रिय फुटबल टोली युरोकपको अनकआउट चरणबाटै बाहिरिएपछि इङ्गलिश टोली इङ्गल्याण्डका प्रशिक्षक रोय हडज्सनले राजीनामा दिएका छन् । आज विहान भएको नकआउट चरणको अनितम खेलमा इङ्गल्याण्ड आइसल्याण्डसंग २–१ ले पराजित भएपछि हड्ज्सजनले राजिनामा दिएका हुन् ।
 
 हड्ज्सनले भनेका छन्, ‘मलाई माफ गर्नुस्, म यो बाटो छोड्न चाहन्छु, यस्तो भइरहन्छ ।’ उनले अझै पनि इङ्गल्याण्ड कुनै मुख्य फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने विश्वास गरेका छन् । प्रगतिको निगरानी गर्नका लागि अझै समय रहेको बताउँदै उनले राष्ट्रिय टिम प्रतिभाशाली खेलाडीको समूह रहेको धारणा राखे । 
 
६८ वर्षीय उनी चार वर्षअघि इटालियन प्रशिक्षक फाविओ कापेलो वर्खास्त भएपछि नियुक्त भएका थिए । फाविओले ११ महत्वपूर्ण टुर्नामेन्टमा जम्मा ३ खेल जिताएका थिए । सन् १९६६ को विश्व विजेता इङ्गल्याण्डको युरो उपस्थिति भने सुखद् रहेन । इङ्गल्याण्ड सन् १९६८ मा तेस्रो हुँदा १९९६ मा सेमिफाइनल पुगेको थियो । 
 
फिफा बरियतामा ३४औं स्थानमा रहेको आइसल्याण्डले पहिलो सहभागितामै ऐतिहासिक सफलता पाएको छ । जम्मा ३ लाख ३० हजार जनसंख्या रहेको आइसल्याण्डले अप्रत्यासित नतिजा निकालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ