arrow

क्यामरुन सरकारद्वारा जनमत सङ्ग्रहपछिका अफवाहको निन्दा

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
david-camron.jpg.jpeg
लण्डन। बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका प्रवक्ताले बहुमत जनताले बेलायत युरोपियन युनियनबाट छुट्टिने पक्षमा मतदान गरेपछि मुलुकभित्र विभिन्न जातिवादी घटनाहरुले चर्चा पाएको भन्दै यस्ता गतिविधि सरकारका लागि सह्य नहुने बताएका छन‍् । 
 
सरकारले असहिष्णुतालाई सहन सक्ने छैन, क्यामरुनका प्रवक्ताले जनमत सङ्ग्रहपछि एकपछि अर्को गर्दै आप्रवासी समुदायलाई भयभित पार्ने काम भएको भन्दै त्यसो नगर्न सम्बद्ध सबैलाई आग्रह गरिएको पत्रकारसँगको कुराकानीमा उनले बताए । 
 
सरकार राष्ट्रियताविरोधी गतिविधि गर्ने जो कोहीविरुद्ध पनि कानुनी कारबाही गर्न कुनै कसर बाँकी नराख्ने उनले जानकारी गराए । 
 
उनले स्कटल्यान्डले १८ महिना पहिले जनमत सङ्ग्रह गरी संयुक्त राज्यबाट नबाहिरिने निर्णय लिएको सन्दर्भ बताउँदै भने , एउटा जनमत सङ्ग्रह गरेको दुई वर्ष नपुग्दै सोही विषयमा दोस्रो जनमत सङ्ग्रह गर्न खोज्नु ठिक नहुने दाबी गरे । 
 
स्कटल्यान्ड संयुक्त अधिराज्यमा रहने निर्णय १८ महिना जति बलियो थियो अहिले पनि त्यति नै बलियो भएकोप्रति पनि प्रधानमन्त्रीका प्रवक्ताले सचेत गराए । 
 
ईयूबाट बाहिरिन बेलायतलाई समय आवश्यक 
 
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले सोमबार बर्लिनमा एक कार्यक्रमबीच बोल्दै  बेलायत ईयूबाट बाहिरिने निर्णय लिएको सन्दर्भमा यसलाई आवश्यक तयारीका लागि समय दिइनुपर्ने बताएकी छन् । 
 
उनले बेलायतलाई ईयूबाट बाहिरिन केही समय आवश्यक रहेको कुरा सबैले बुझ्नसक्ने विषय भएको बताइन् । यद्यपि बेलायतले जनमतको निर्णयबमोजिमको कार्यलाई छिट्टै अगाडि बढाउनुपर्छ भन्दै प्रक्रियालाई नलब्याउन बेलायती नेतृत्वलाई सचेत गराइन् । 
 
प्रक्रियालाई लम्ब्याउँदै अनिश्चिततातर्फ धकेल्न न ईयूका २७ सदस्य राष्ट्रलाई वा बेलायत कसैलाई पनि राम्रो नहुने उनको धारणा थियो । बेलायतले ईयूबाट बाहिरिने निर्णयपछिको अवस्थालाई विश्लेषण गर्न समय लाग्ने कुरा सम्पूर्ण सदस्य राष्ट्रलाई अवगत हुने पनि उनले बताइन् ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ