arrow

३६ डाक्टर थुनामै, धरौटीमा रिहा भएकाको पनि ‘अपरेसन’ जारी

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
doctor_teacher_group.jpg.jpeg
काठमाडौं । ३७ जना नक्कली प्रमाणपत्र धारी भनिएका डाक्टरबारे अनुसन्धान जारी छ । विराटनगरको नाम चलेका डाक्टर जावेद अख्तर धरौटीमा रिहा भए पनि ३६ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान चलिरहेको छ । दुई दिन अघि मात्रै उनीहरुको ५ दिन म्याद थप भएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रवक्ता दिवेश लोहनीले जानकारी दिए ।  
 
गएको असार ३ गते सीआइबी, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले संयुक्त रुपमा गरेको छानविन पश्चात नक्कली शैक्षिक प्रमाण पत्रधारी चिकित्सकबारे चलेको ‘अपरेसन क्वाक’ नामक अभियानका क्रममा विभिन्न १० जिल्लाबाट ३७ जना पक्राउ परेका थिए । 
हाल अनुसन्धान प्रक्रियामा रहेका ३६ जनामा ६ महिला ३० पुरुष छन् ।
 
काठमाडौंमा ८ पुरुष, ५ महिला, ललितपुरमा २ पुरुष, झापामा १ पुरुष, सुनसरीमा १ पुरुष, मोरङमा ३ पुरुष, धनुषामा २ पुरुष, पर्सामा ९ पुरुष, चितवनमा २ पुरुष –१ महिला, कास्किमा १ पुरुष र दाङमा १ पुरुष चिकित्सक पक्राउ परेका थिए । ती सबैलाई सीआइबीले काठमाडौं जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गराएको थियो । अब सम्बन्धित जिल्ला अदालतबाटै म्याद थप हुने बताइएको छ । सीआइबीका अनुसार धरौटीमा छुटेका मुद्दाबाट उन्मुक्ति पाइनसकेकाले कसैले खुसी हुनु पर्ने आवश्यकता छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ