arrow

पत्रकार भण्डारीले एमालेको संगठित सदस्यसमेत नरहने गरी राजीनामा दिए (पत्रसहित)

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
khem-bhandri-new.jpg.jpeg
काठमाडौं । पार्टी पदाधिकारी तथा नेताहरुसंगको टकराबका कारण एमाले निकट पत्रकारहरु विच्किएका छन् । केही दिन अघि सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री शेरधन राईसंग तालमेल नमिलेपछि प्रेस सल्लाहकार मातृका पौडेलले राजिनामा दिए । 
 
तर, त्यसको केही दिन वित्न नपाउँदै एमाले निकट पत्रकार खेम भण्डारीले एमालेको संगठित सदस्य समेत नरहनेगरी राजीनामा गरेका छन् । भण्डारीले केही समय देखि पार्टी पदाधिकारी तथा नेताहरुप्रति असन्तुष्टी जनाउँदै आएका थिए । 
 
भण्डारीले कञ्चनपुर एमाले अध्यक्ष समक्ष बुझाएको राजीनामा पत्रमा ‘२०४० सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट नेपालको राजनीतिक आन्दोलनमा सुरु गरेको यात्रा २०४८ मा नेकपा एमालेको संगठित सदस्य भएदेखि आज सम्म जारी रहेको स्मरण गराउन चाहन्छु’–भनिएको छ । तर भण्डारीले आफ्नो व्यवसायिक वाध्यता र विचार प्रवाहलाई झन् स्वतन्त्र बनाउन आजैका मितिदेखि त्यस दलको संगठित सदस्य नरहने गरी राजीनामा पेश गर्दछु–भनेका छन् ।
 
भण्डारीले एमाले निकट पत्रकारहरुको पेशागत संगठन प्रेस चौतारी, सामुदायिक रेडियो प्रशारक संघ अकोराबको महासचिब, पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष भएर पदीय जिम्मेवारी समेत बहन गरिसकेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ