arrow

दलीय सहमति खोज्न शीर्ष नेता आफै टेबलमा

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
daliye-chhafal-new.jpg.jpeg
काठमाडौं । भूकम्प पीडितलाई दिइने राहत तथा पुनःनिर्माणको काममा सरकारले गरिरहेको काम मन नपरेको विपक्षी कांग्रेसले सदन अवरुद्ध पारेपछि साझा धारणा बनाउन गठित कार्यदलको बैठक उपलिब्धिहिन भएपछि शीर्ष नेताहरुको बैठक बसेको छ । 
 
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बसेको बैठकमा शीर्ष तहका नेताहरु सहभागि छन् । एमालेबाट प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल लगायत बैठकमा छन् । 
 
बैठकले सदनको अवरोध खोल्ने र भूकम्प पीडितको पुनःस्थापनाका लागि भइरहेको कार्यलाई चुस्त बनाउने सन्दर्भमा दलीय सहमति खोज्ने र साझा धारणा बनाउने प्रयत्न भइरहेको नेताहरुले बताएका छन् । यसअघि, शीर्ष दलका जिम्मेवार दोस्रो तहका नेताहरुको कार्यदलले बिहानैबाट छलफल गरेपनि सहमति जुट्न सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ