arrow

डोल्मा र भावना सेमिफाइनलमा

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
Olympics-day.jpg.jpeg
काठमाडौं । डोल्मा लामा र भावना सुनुवार ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको महिला सिंगल्सतर्फ सेमिफाइनलमा पुगेका छन् । डोल्माले मंगलबार मुस्कान राउतलाई ११–६, ११–५ र ११–७ तथा भावनाले साइसा सुनवारलाई ११–१, ११–३ र ११–२ को सोझो सेटमा पराजित गरिन् । 
पुरुष सिंगल्समा अरहान्तकेशर सिंह र अमृत थापा मगर अन्तिम चारमा पुगे । अरहान्तले सिबु थापालाई ११–५, ११–४ र ११–५ तथा अमृतले सुगम तुल्सानलाई ११–५, ११–६ र ११–५ को सीधा सेटमा हराए ।
 
भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा किशोर महर्जन, सुवितबहादुर सिंह र लालबहादुर गुरुङले सेमिफाइनल यात्रा तय गरे । किशोरले मधुवनलाल मास्केलाई ११–६, ११–७ र ११–७, सुवितले रत्न महर्जनलाई ११–३, ११–१ र ११–६ तथा लालबहादुरले अजयकेशर सिंहलाई ११–४, १३–११ र ११–५ को सेटमा पाखा लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ