arrow

बलिउडका शिरिष कुन्दरले 'बब'को कथा चोरेको पुष्टी, युट्युबले 'कृती' हटायो

अनिल न्यौपानेको नेपाली सर्टमुभीको कथा बलिउडका निर्देशकले चोरेको पुष्टी

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
Bob_Kriti.jpg.jpeg
काठमाडौं। नेपाली चलचित्र निर्माता एवं निर्देशक अनिल न्यौपानेले बलिउड निर्माता एवं निर्देशक शिरिष कुन्दर बिरुद्ध युट्युबमा उजुरी गरेपछि उनले बनाएको चलचित्र क्रितीलाई युट्युबले हटाएको छ। कुन्सरले अनिल निर्देशित चलचित्र 'बब'को कथा र प्लट चोरेका थिए। 
 
न्यौपानेले ट्विट गर्दै क्रिती युट्टयुबले हटाएको जानकारी दिएका छन्। युट्युबले क्रिती भिडियोमा सुचना दिएको छ ' क्रिती मनिज बाजपयी, नेह... यो भिडियो अनिल न्यौपानेको कपीराईटका कारण हटाईएको छ'।  
 
बलिउडका फिल्म निर्माता शिरिष कुन्दरले नेपाली 'सर्ट मुभी' बबबाट कथाको प्लट चोरेको आरोप 'बब'का निर्देशक अनिल न्यौपानेले लगाएका थिए। 
 
'बब' का निर्देशक अनिलले आफ्नो फेसबुक पोष्टमा शिरिष कुन्दरलाई आफ्नो चलचित्रको कथाको प्लट चोरेको आरोप लगाएका थिए। 
 
युट्युबले कुन्दरको चलचित्र  हटाईदिएपछि अनिलको दाबी सहि रहेको पुष्टी भएको छ 
 
अनिलले फेसबुकमा लेखेका थिए'म कृती हेर्दै थिएं अगाडीका केही दृश्यहरु मिलेको जस्तो लाग्यो र सोचे यो संयोग मात्र हो तर बिस्तारै कथा बढ्दै जाँदा छक्क परें , पुरै कथा मिल्छ।' अनिलले आफुले न्याय खोजेको बताएका छन्। 
 
कुन्दरले यो चोरीको कुरालाई नकारेका छन्। उनले अनिललाई कानुनी रुपमा तान्ने धम्की पनि दिएका थिए। उनले धम्की दिंदै अनिलको चलचित्र 'बब'लाई युट्युबबाट हटाएर माफी माग्न धम्की दिएका थिए। 
 
दुवै चलचित्र मानसिक रोगका बारेमा रहेको छ र कथा शुरु हुने बेलामा दृश्यहरु पनि मिलेका थिए। कथा बिस्तारै बढ्दै जाँदा कथाको कन्सेप्ट मिलेको छ। युट्युबमा रिलिज गरिएको दुवै चलचित्रमा अनिलको 'बब' पहिले रिलिज भएको थियो। कुन्दर बलिउडकी चर्चीत कोरियोग्राफर फराह खानका श्रीमान हुन्। 
 
१२ मई २०१६मा अनिलको 'बब' रिलिज गरिएको हो भने कुन्दरको चलचित्र 'कृती' २२ जुन २०१६मा रिलिज भएको हो।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ