- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । म्यानचेस्टर सिटी इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।
क्रिस्टलको मैदानमा भएको खेलमा सिटीलाई जिताउन सर्जियो अग्युरो र फरान टोरेसले एक एक गोल गरे ।
शनिबारका अन्य खेलको नतिजा
ब्राइटन एन्ड हभ आल्बियन २–० लिड्स युनाइटेड
चेल्सी २–० फुल्हम
एभर्टन १–२ एस्टन भिल्ला
अंक तालिका
जितसँगै सिटीले ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १३ अंकले अगाडि रहेको छ ।
युनाइटेडको ३३ खेलमा ६७ अंक रहेको छ । आइतबारको खेलमा युनाइटेडले ३४ खेल लिभरपुलसँग खेल्दैछ । यो खेलमा युनाइटेड पराजित भएमा सिटीले ४ खेलअघि नै उपाधि सुरक्षित गर्नेछ ।
खेल युनाइटेडको मैदानमा आइतबार राति ९ः१५ बजे शुरु हुनेछ ।