arrow

हजुरबुबाको किरिया नातिनी पो बसिन्

logo
प्रकाशित २०७३ असार १५ बुधबार
sanskar.jpg.jpeg

दाङ । दाङमा १३ वर्षीया बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया बिन्दु नेपाली हजुरबुबाको किरिया बसिरहेकी हुन् ।

उनका हजुरबुबा प्रेमबहादुर नेपालीको गत असार १२ गते आइतबार निधन भएको थियो । उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन् । विन्दुले भनिन्, ‘किरिया बस्नका लागि अरू कोही पनि छैनन्, त्यसैले म किरिया बसेकी हुँ ।’ अरूलाई खोजेर किरिया गर्नुभन्दा आफू नै बसेको बिन्दुले बताइन् ।

प्रेमबहादुरको एक छोरा भए पनि उनको करिब १२ वर्ष पहिले नै मृत्यु भएको थियो । प्रेमबहादुरका दाइभाइका छोराहरु भए पनि नातिनी आफैले हजुरबुबाको किरिया बस्ने भन्दै किरिया बसेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ