arrow

इङ्लिश फुटबललाई मर्मत नगरे बर्बादै हुन्छ – हड्सन

logo
प्रकाशित २०७३ असार १५ बुधबार
roy-hodgson.jpg.jpeg

इङ्ल्याण्ड । इङ्लिश फुटबल टिमका निवर्तमान म्यानेजर रोय हड्सनले इङ्ल्याण्ड टिमलाई छिट्टै मर्मत नगरे फुटबल नै खत्तम भएर जाने भविष्यवाणी गरेका छन् । गत सोमबार फ्रान्समा जारी युरो कप फुटबलको प्रिक्वार्टरफाइनलबाटै इङ्ल्याण्ड बाहिरिएपछि तत्काल राजीनामा दिएका ६८ वर्षीय रोयले टिमको तत्काल मर्मत नगरे यसले दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन् । युरोकपको प्रिक्वार्टरफाइनलमा टिमले १–० ले अग्रता लिएरसमेत पहिलो पटक युरोकप खेलिरहेको आयरल्याण्डसंग  २–१ को हार बेहोर्दा लज्जास्पद भएर घर फर्किनु परेसंगै रोयले राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलन गर्दै रोयले एउटा खेलको खराव परिणामले व्यक्तिगत रुपमा र सिङ्गो टिमलाई कति असर पर्दो रहेछ भनेर अनुमान गरिरहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनलाई किन पत्रकार सम्मेलन गरेको भनी पटक पटक प्रश्न तेस्र्याइएको थियो ।
इङ्गलिश फुटबल एसोसिएसनका प्रमुख कार्यकारी मार्टिन ग्लेनले युरोकपमा टिमले खराव प्रदर्शन गर्नुको कारण पत्ता लगाउनु अनिवार्य रहेको स्पष्ट पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ