arrow

ललित स्मृति यु–१८ फुटबलको उपाधिका लागि आर्मी र लुम्बिनी भिड्दै

logo
प्रकाशित २०७३ असार १५ बुधबार
u-18.JPG.jpeg

सातदोबाटो । ललितपुरको सातदोबाटोमा जारी ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि छिनोफानो आज हुँदैछ । दिउसो ३ बजे एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लव र लुम्बिनी फुटबल क्लव उपाधिका लागि भिड्दै छन् ।
सेमिफाइनलमा आर्मीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लवलाई २–१ ले पराजित गरेको थियो भने लुम्बिनीले संकटा क्लवको चुनौती १–० ले पूरा गरेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको गत वर्ष जेठ २९ गते करेन्ट लागेर निधन भएपछि उनकै संझनामा यो प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा १२ टिमले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले डेढ रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ