arrow

सत्तापक्ष र विपक्षीबीच मध्यमार्गी सहमति, भूकम्प पीडितले एक मुष्ठ डेढ लाख पाउने

५० हजार किस्ताबन्दीमा

logo
प्रकाशित २०७३ असार १५ बुधबार
daliye-chhafal-new.jpg.jpeg
काठमाडौं । भूकम्प पीडितलाई आवास निर्माणका लागि एक मुष्ठ २ लाख दिन भन्दै सदन अवरुद्ध गरेको कांग्रेससंग मध्यममार्गी सहमति भएको छ । सहमति भएसंगै अवरुद्ध सदन चल्ने पक्का भएको छ । 
 
सहमति जुटाउन गठित कार्यदलले मंगलबार विहानैदेखि छलफल गरेर सहमतिको आधार तयार पारेपछि मंगलबार साँझ शीर्ष नेताहरुले छलफल गरेका थिए । मंगलबार साँझ निर्णय हुन सकेन । वुधबार विहान बसेको शीर्ष नेताहरुको बैठकले भूकम्प पीडितलाई आवास निर्माणका लागि दुई किस्तामा दुई लाख दिने निर्णय गरेको हो । 
 
अब भूकम्प पीडितले घर बनाउँदा सुरुमै एक मुष्ठ १ लाख ५० हजार पाउने छन् भने, घर बनाईसकेपछि किस्ता बन्दीमा ५० हजार पाउने छन् । दुई लाख एकै पटक दिने सहमति भने एसियाली विकास बैंकलगायत दातृ निकायसंग भएको सम्झौताका कारण हुन नसकेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।  
 
दलीय सहमति जुटेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण र अफगानिस्तान घटनाका विषयमा व्यवस्थापिका–संसद्लाई जानकारी गराउने भएका छन् । दिउँसो २ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने  उपप्रधानमन्त्री भीम रावलले जानकारी दिए । बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेष कारण देखाउँदै २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको छ ।  
 
प्रमुख विपक्षी दल काँग्रेससँग भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख र दुई प्रतिशत ब्याजदरमा १५ र २५ लाख दिनुपर्ने मागका विषयमा सहमति भएपछि अवरुद्ध सदन सुचारु हुन लागेको हो । सो माग पूरा गराउन नेपाली कांग्रेसले नियमित सदन अवरुद्ध गर्दै आएको छ । 
 
विहान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासहित कार्यदलको बैठक बसेको थियो । कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ छन् । 
 
सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका हेडक्वार सदस्य कृष्णबहादुर महरा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता दिलनाथ गिरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ