arrow

नयाँ शक्तिको अध्यक्षमा भट्टराईको उम्मेदवारी

logo
प्रकाशित २०७३ असार १५ बुधबार
nayasakti-flg.jpg.jpeg
भक्तपुर । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन् । वुधबार भक्तपुरमा उनले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गरे । 
 
नयाँ शक्ति पार्टीको विधान मङ्गलबारबाट लागू भएर प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको व्यवस्था भएलगत्तै भट्टराईले उम्मेदवारी घोषणा गर्दै भने, “पार्टीको अन्तरिम विधानको धारा ६ को उपधारा (ख)मा व्यवस्था भए बमोजिम नयाँ शक्ति नेपालको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।’ 
 
आजैदेखि आफ्नो एजेन्डा लिएर देश दौडाहामा निस्कने बताउँदै उनले एक वर्षभित्र पार्टीलाई नयाँ उचाइमा पु¥याउने बताए । पार्टीको केन्द्रीय सचिवालय बैठकले तीन सहसंयोजकसहित प्रदेश संयोजक समेत बनाएर कार्यविभाजन गर्दा पनि निर्मल भट्टराईलाई ठाउँ नदिएको भोलिपल्टै उनले उम्मेदवारी घोषणा गरेका हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ