arrow

कंगना रनौतको अकाउन्ट ट्विटरले गर्‍यो सधैंका लागि बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
kangana.jpg

काठमाडौँ। भारतीय अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट स्थायी रूपमा बन्द भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थनमा गरेको ट्विटले घृणित आचरण र अपमानजनक व्यवहार सन्दर्भको नियम उल्लङ्घन गरेको भन्दै ट्विटरले उनको अकाउन्ट बन्द गरेको हो ।

पश्चिम बङ्गालको चुनावमा भारतीय जनता पार्टी बीजेपीले हार व्यहोरेको छ भने पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीको पार्टी राष्ट्रिय तृणमूल काँग्रेसले जित हात पारेको छ ।

निर्वाचनपछि बेनर्जीको पार्टीका कार्यकर्ताहरूले बीजेपीका नेताहरूमाथि आक्रमण गरेको आरोप लागेको छ । तर, बजर्नीको पार्टीले भने यो कुरा अस्वीकार गरेको छ ।

बनर्जीको पार्टीले गरेको आक्रमणको विरोध गर्दै अभिनेत्री रनौतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २००० मा जस्तै विराट रूप देखाएर उनीहरूलाई नियन्त्रण गर्न भन्दै ट्विट गरेकी थिइन् । सन् २००२ मा प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्री भएका बेला दङ्गा भएको थियो ।

मङ्गलवार ट्विटरले. पटक पटक हाम्रो नीति उल्लङ्घन भएको भन्दै कंगना रनौतको अकाउन्ट स्थायीरुपमा बन्द गरेको जानकारी दिएको हो । कंगना रनौतमाथि यसअघि पनि ट्विटरमा हेट स्पिच फैलाएको आरोप लागेको थियो ।



नयाँ