arrow

खुला मञ्च पुगेका रामचन्द्रले भने, –संवादमार्फत समाधान खोजौं

logo
प्रकाशित २०७३ असार १५ बुधबार
ramchandra.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत सङ्घीय गठबन्धन नेपालले उठाएका माग वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताएका छन् ।  
 
आफ्ना माग पूरा गराउन दबाब सिर्जन गर्न गठबन्धनद्वारा शहीद मञ्च (टुडिखेल)मा जारी रिले अनशन स्थल पुगेका पौडेलले जायज माग पूरा गर्न सत्तारुढ दलले तत्परता देखाउनुपर्छ भने । 
 
नेता पौडेलले गठबन्धनका माग पूरा गराउन सत्तारुढ दल गम्भीर बन्न नसकेको आरोप लगाउँदै आफ्नो पार्टीले वार्ता र संवादका मार्फत गठबन्धनका माग पूरा गराउन जोड दिएको जानकारी दिए । 
 
गठबन्धनले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिन रिले अनशन सुरु गरेको दुई हप्ता बितिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ