काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को वुधबारको बैठक पनि बहिष्कार गरेको छ । तराई–मधेसवादी दलले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै सदनको बैठक केही समयदेखि निरन्तर बहिष्कार गरिरहेको छ ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आवद्ध सांसदहरुले उठेर विरोध जनाए । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद नरसिंह चौधरीलाई बोल्न समय प्रदान गर्नुभयो ।
सांसद चौधरीले नेपालको संविधानले समानुपातिक र सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तररुपमा आन्दोलन गर्दै आएको धारणा राखे । उनले सरकारले संविधान संशोधनमार्फत आन्दोलनरत दलका माग सम्बोधन गर्न आग्रह गर्दै बैठक बहिष्कार गर्दछौँ भने । रासस