arrow

मुख्यमन्त्री भट्टकी आमा शारदाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
trilochan-bhatta.jpg

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।

 केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहिवार निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको बिहिवार आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
 
मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेको र आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उनका घरपरिवारले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ