arrow

प्रहरीद्धारा अस्पताललाई ७३ वटा अक्सिजन सिलिन्डर वितरण 

logo
मणि प्रसाद गैह्रे 
प्रकाशित २०७८ वैशाख २५ शनिबार
silendar-gas.jpg

कपिलवस्तु । कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला  विभिन्न स्थानहरुमा अक्सिजनको अभाव भएको समाचार आइरहेका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै कपिलस्तु प्रहरीले जिल्लाका तीन अस्पताललाई २९ वटा र अन्य सिलिण्डर दाङ जिल्लालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले तीन पालिकामा रहेका सरकारी अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

कपिलवस्तु, चन्द्रौटा र शिवराज अस्पताललाई सिलिन्डर हस्तान्तरण गरेका हुन् । उनले कपिलस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई १० र कृष्णनगर नगरपालिका मेयर रजन प्रताप शाहलाई तीन सिलिन्डर र अन्य जिल्ला प्रहरी कार्यालय दाङमार्फत जिल्लाका अस्पताललाई  प्रदान गरे ।

बिभिन्न उद्योग कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए । शान्ति सुरक्षासहित यो बिपद्को बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौं,’ उनले भने । प्राप्त सिलिन्डर तीनै जना मेयरले अस्पतालाई दिएका थिए ।

कपिलवस्तु नगरपालिकाका मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आइरहेका बेला प्रहरीले प्रशंसनीय काम गरेको बताए । प्रहरी उपरिक्षक अधिकारीले आफुहरुले अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने बताए ।

विपदको वेला अक्सिजनको समस्या हुनसक्ने आकंलन गरेको बेला यस्ता उदारणीय कार्यले अन्य सरोकारवालाई समेत सिकाइको वातावरण मिलेको स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ