- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघी आफ्नो मन्तव्य राखिरहेका छन्। ओलीको मन्तव्य पछि उक्त प्रस्तावमा मतदान गर्ने तयारी भएको छ ।
सोमबार १ः३५ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा(१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधि सभा नियमावली, २०७५ को उपनियम(२)बमोजिम विश्वासको मतका लागि प्रस्ताव प्रश्तुत गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रश्तुत गरिने कार्यसूची तय भएको छ ।
यसअघि १ बजे शुरु भएको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका गरेका थिए ।