- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइमा पक्ष र विपक्षको विषय नबनाई लड्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारको ध्यान कोभिड–१९ को रोकथाम र उपचारमा केन्द्रित रहेको बताए । उनले कोरोना नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गरिरहेको दाबी पनि गरे ।
उनले कोभिडविरुद्धको लडाइँमा जुटिरहेका बेला सरकारलाई भ्रष्टाचारको झुठो आरोप लगाउने काम भएको बताए । खोप खरिदका क्रममा भ्रष्टाचार भएको भनी लगाइएको आरोप निराधार भएको उनको दाबी थियो ।
उनले अर्थतन्त्रलाई असर पार्ने र विश्वलाई नै आक्रान्त बनिरहेको अवस्थामा विचारका भिन्नताहरुलाई छाडेर कोभिडविरुद्ध एकजुट हुनुपर्ने बताए ।